२०१८ सुजुकी अल्टो ८००

के कस्तो रहेछ त?

२०१८ सुजुकी अल्टो ८००

नमस्कार , आज हामी कुरा गर्दैछौ ,२०१८ सुजुकी अल्टो ८०० को बारे। सुजुकी अल्टो १९७९ मा लौंच भएको हो। नेपाली बजारमा अहिले अल्टोको पाचौँ जेनेरेशनको दोस्रो मोडेल चलिरहेको छ। एसको STD र LX gari दुइवोटा भेरिएन्ट मात्र नेपालमा पाइन्छ। बिदेशी बजारमा भने STD, LX, LXI र VXI गरि जम्मा चारवटा मोडल पाइन्छ।

अल्टो ८०० को लम्बाई ३.४ मीटर, चौडाई १.५ मीटर, उचाइ १.४ मीटर र ग्राउण्ड क्लियरेंस १६० मिमि रहेको छ। यसमा १२ इन्च को स्टील व्हील्स र ट्यूबलेस टायर छ। ११८५ के.जी. तौल भएको अल्टोमा ७९६ सिसि को ३ सिलिंडर १२ भल्भ F8D एन्जिन् छ, जसको म्याक्सिमम् पावर रहेको छ ४८ hp @ ६००० Rpm र म्याक्सिमम् टर्क रहेको छ ६९ Nm @३५०० Rpm।

५ स्पिड म्यानुअल ट्रांस्मिसन रहेको अल्टो ८०० मा अगाडी मैक्फर्सन स्ट्रीट र पछाडी थ्री लिंक रिजिड एक्सल सस्पेंशन प्रयोग गरिएको छ। ३५ लिटर को इन्धन क्षमता भएको अल्टो ८०० को माइलेज २४ कि.मि.प्र.लि. छ। राम्रो माइलेज, सस्तो मेन्टिनेन्स र राम्रो रिसेल् मुल्यको कारण यो निकै को रोजाइ मा पर्दछ। भित्री भागको कुरा गर्नु पर्दा यसमा ५ जना अटाउने क्यापासिटी छ। प्यासेन्जर साइड ड्याश्बोर्डमा ग्लभ बक्स र ड्राइवर साइड मा डुअल ट्रीप मीटर, डिजिटल क्लक, फ्युल लेभल इन्डीकेटर र स्पीडोमीटर सहित को इन्स्ट्रूमेण्ट क्लस्चर छ। LXI मोडेलमा भने एसी, पावर स्टेरिंग, फ्रन्ट पावर विन्डोज्, रिमोट फ्युल लिड् ओपनर र रिमोट डोर ओपनर पनि छ। यसमा १७७ लिटर को बूट स्पेस छ। यो रातो, हरियो, निलो ग्रे र सिल्वर कलरमा पाइन्छ।

सेफ्टिकालागि अल्टो ८००को अगाडी डिस्क् ब्रेक्स्, इन्जीन इमोबिलाईजर, रियर डोर चाईल्ड लक् र कोल्याप्सेबल स्टियरिंग कोलुम् छन्। अल्टो ८०० STD को मुल्य रू. १६ लाख ७० हजार छ भने LXI को मुल्य १८ लाख ४० हजार छ।